विराटनगर । बहुमूल्य खनिज पदार्थ युरेनियम (रेडियोधर्मी पदार्थ) को कारोबार हुनलागेको भन्ने सुचनाका आधारमा प्रहरीले १५ जनालाइ पक्राउ गरेको छ।
मोरङ प्रहरीले २ केजी यूरेनियम जस्तो देखिने पद्धार्थ सहित विराटनगरको छुट्टा छुट्टै दुई स्थानबाट १५ जनालाई पक्राउ गरेको हो । प्रहरीले विराटनगर ९ ट्राफिक चौकमा रहेको ठुलदाइको होटल र विराटनगर ३ दूधफारमबाट विशेष सूचनाको आधारमा झण्डै दुई केजी युरेनियम जस्तो देखिने पद्धार्थसहित १५ जनालाई पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए । 
प्रहरीले पक्राउ गरेकमा साउन १ गते मोरङ धनपालथान गाउँपालिका ७ का ४१ वर्षिय शिव शंकर पासवान, सोही ठाउँका ३७  वर्षिय मुकेश कुमार साह, ४३ विर्षिय प्रदिप पुरी, कटहरी गाउँपालिका २ का ४० वर्षिय दिलिप कुमार शर्मा, विराटनगर १२ का ४६ वर्षिय  फटिक कुमार कार्की, सोलुखुम्बु माग्पे गाउँपालिका  ७ का ३५  वर्षिय गोपाल मगर, खोटाङ हलेसी नगरपालिका ९ का ३२ वर्षिय किरन राई, धनपालथान ७ का ४४ वर्षिय लक्ष्मण शर्मा रहेका छन् । प्रहरीले उनीहरुलाई १ केजी ८७।३ ग्राम युरेनियम जस्तो देखिने पदार्थ ठूलदाइ होटलबाट बरामद गरेको प्रहरीले जनाएको छ । 
यस्तै गरि गोरखा गण्डकी गाउँपालिका ८ का ४५ वर्षिय जिवन गुरुङ्ग, मोहोत्तरीमङ्हा नगरपालिका ६ का ४२ वर्षिय अब्दुल गनी खान, मोहोत्तरी बर्दिबास नगरपालिका १२ का ३० वर्षिय चन्दन कुमार महतो, ग्रामथान गाउँपालिका ३ का  ५५ वर्षिय रबिन्द्र गच्छेदार, मकवानपुर बागमती गाउँपालिका ५ को दिपक बहादुर भ्लोन, ४९ वर्षीय उमेश प्रसाद यादव, सिन्धुली कमलामाई नगरपालिका ५का  २८ वर्षीय  श्याम घिमिरेलाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरुलाई मंगलबार विराटनगर महानगरपालिका ३ स्थित दुधफारमबाट विशेष सुचनाको आधारमा ९७८।६ ग्राम युरेनियम जस्तो देखिने पदार्थ बरामद गरेको एसपी कोइरालाले बताए । 
काठमाण्डौंबाट विराटनगरमा आएर युरेनिय भारतीय नागरिकलाई विक्री वितरण हुँदै गरेको सूचना पाएपछि मोरङ प्रहरीले हुलिया बदलेर सादा पोसाकका प्रहरी ‘युरेनियम’ किन्न ग्राहक बनेर पुगे। सूचनामा उल्लेख गरिए अनुसार खोजी गर्दै जाँदा प्रहरी युरेनियम राख्ने र बिक्रीको योजना बनाउने काठमाण्डौबाट आएका गोपाल मगर, किरन राई र श्याम घिमिरेको पहुँचमा पुग्यो ।
त्यही क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गर्यो र युरेनियम जस्तो देखिने पदार्थ प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेको युरेनियम जस्तो देखिने पदार्थ परीक्षणको लागि नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा पढाउने तयारी गरेको छ । ‘परीक्षण पछि मात्र युरेनियम हो र होइन थाहाँ हुन्छ,’ एसपी कोइराले भने, ‘बरामद गरेको पद्धार्थलाई हामी परीक्षण गर्न पढाउनेछौं । परीक्षणपछि मात्र युरेनियमको विषयमा थाहाँ हुनेछ ।’
                    
        
                                        
                                                                                                
        































