धरान । मोरङको बूढीगङ्गा गाउँपालिका–१ का दीपेन्द्र यादवलाई दुई महिनाअघि अपरिचित महिलाको फोन आयो । फोनमा सामान्य कुराकानी भयो । 

त्यो कुराकानी त्यतिमै सीमित रहेन । फोनमा हुने कुराकानी बाक्लियो । पेशाले मेकानिकल इन्जिनियर यादवसँग ती अपरिचित महिला अन्ततः यति नजिक भइन् कि उनीहरूबीच एक प्रकारले ‘प्रेमीप्रेमिका’को सम्बन्ध बन्यो । ती अपरिचित महिला थिइन्–विराटनगर महानगरपालिका–५ की अनु साह । 

यादवको पत्नी एक वर्षीया छोरीलाई छोडी बी.बी.ए गर्न काठमाडौँ गएकी थिइन् । पत्नी नभएपछि एक्लो महसुस गरेका यादवले आफूसँग जोडिन आइपुगेकी अनुसँग ‘हाइहेल्लो’मा मात्रै सीमित राखेनन् । चिया, कफी खानेदेखि भेटघाट पनि बाक्लियो । भेटघाट बाक्लिँदै जाँदा भने अनुले छोरी हेर्ने ढिपी गरिन् । 

balika

उनको ढिपीलाई यादवले पनि टार्न सकेनन् । सोमबार अर्थात् साउन २ गते घरबाट छोरीलाई कारमा लिई अनुलाई भेट्न पुगे । अनुलाई विराटनगर रोडशेषमा रहेको स्वागतम होटल अगाडिबाट कारमा चढाई महेन्द्र मोरङ जाने सडक अगाडि चिया पसलमा रोकिए । यादवले चिया अर्डर गरे । तर, अनुले खान मानिनन् । सो समयमा यादवको एक वर्षीया छोरी निशिका अनुसँगै रहेको र फोन गर्नुछ भन्दै यादवको फोनसमेत मागेर बाहिर निस्किएपश्चात् भने बच्चा अपहृत भएको पीडित यादवले प्रहरीमा दिएको निवेदनमा देखिन्छ । 

पत्नी नभएपछि एक्लो महसुस गरेका यादवले आफूसँग जोडिन आइपुगेकी अनुसँग ‘हाइहेल्लो’मा मात्रै सीमित राखेनन् । चिया, कफी खानेदेखि भेटघाट पनि बाक्लियो । 

अनुले आफ्ना वास्तविक प्रेमी विराटनगर–६ का रवीन्द्रकुमार साहसँग भेट गरी दुहबी हुँदै सप्तरीको बाटो भएर भारतको दरभङ्गा लिएर गई आफन्तकहाँ राखेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । सोमबार अपरहण भएको पाइएपछि प्रहरीले खोजी सुरु गरेको थियो । अनुलाई सप्तरीको कुनौली भन्ने स्थानमा पु¥याएपछि भने प्रेमी रवीन्द्रकुमार मोटरसाइकलमा पुनः विराटनगर आई बसेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन कार्कीले जानकारी दिए । 

अपहरणको अनुमान गर्दै प्रहरीले सोहीअनुसार अनुसन्धान अगाडि बढाएको थियो । त्यसबीचमा रवीन्द्रले अनुको मोबाइलबाट फेसबुक चलाई बालिका हराएको विषय यादवलाई हटाउन तथा अन्य प्रकारका धम्की दिँदै आएका थिए । बिहारको दरभंगाबाट प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालयको अनुसन्धान समूहले संयुक्त ‘अप्रेसन’ गरी नाबालिकालाई सकुशल बुधबार बिहान उद्धार गर्न सफल भएको छ । 

घटनामा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार अपरहण तथा शरीर बन्धक मुद्दामा ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने वा दुवै सजाय हुन सक्ने व्यवस्था छ । अपहरणपश्चात् फिरौतीका रूपमा १५ लाख रुपैयाँ माग गरेको प्रहरीले पत्रकार सम्मेलनमा जनाएको छ । 

आरोपितहरूको साथबाट ५ थान विभिन्न कम्पनीका मोबाइल, प्रदेश ०१–०२०४६ प ७४१० नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइएको डिएसपी कार्कीले जानकारी दिए । त्यसबाहेक पनि विभिन्न सामग्री बरामद गरिएको छ । अपहरणका मुख्य योजनाकार रवीन्द्रले मोटरसाइकलमा हाली सप्तरीको कुनौलीसम्म पु¥याई प्रेमिकालाई छाडेर आएका थिए ।