विराटनगर । प्रदेश १ को नामाकरण पहिचानका आधारमा गराउन निरन्त आन्दोलन गर्दै आएको   किराँत राई यायोक्खाले ‘किराँत सभ्यता’ पुस्तक विमोचन गराएको छ । 

विराटनगरमा मंगलबार एक कार्यक्रम आयोजना गरि ‘किराँत सभ्यता’ पुस्तकर विमोचन गरेको हो । किराँत राई यायोक्खा केन्द्रिय समितिले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई , सभामुख प्रदिपकुमार भण्डारी सहित मन्त्री र उपभामुखहरुबाट ‘किराँत सभ्यता’  पुस्तक विमोचन गराएको हो । 

डा कैलाशकुमार राई र शालिक सतासक राईले सम्पादन गरेको उक्त्त पुस्तकमा प्रदेश १ को प्राचिन जाति किराँत नै भएको र सबैको साझा सभ्यता किराँत नै भएको खोजअनुसन्धानबाट पृष्टि गराइएको छ । पुस्तकमा प्राडा टंङकप्रसाद न्यौपाने , प्राडा बिष्णुएस राई , डा तारामणी राई , डा कैलाशकुमार राई डा धनप्रसाद सुवेदी र भोगिराज चाम्लिङ लगायतका एक दर्जन लेखकहरुका अनुसन्धानमुलक लेख र अन्तर्वाताहरु छन । पुस्तकमा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड , प्राडा दिनेशराज पन्त , पत्रकार भवानी बरालले किराँत प्राचिन ईतिहास , साझा सभ्यता र सँस्कृति हो भनेर मन्तव्य दिएका छन् । 

बिमोचन कार्यक्रममा बोेल्दै प्राडा टंङक न्यौपानेले प्रदेश १ मा बस्ने पहिलो जाति किराँतहरु  नै भएको र उनीहरुको सभ्यता प्राचिन मात्र नभएर साझा पनि भएकोले प्रदेशको नामाकरण किराँत पहिचानका आधारमा गरिँदा कुनै अनर्थ नहुने बताए ।