धरान । धरान–१६ मा निर्मित तारा सुब्बा स्मृति चिल्ड्रेन पार्कमा दिवङ्गत पूर्व जनप्रतिनिधि तारा सुब्बाको सालिक अनावरण गरिएको छ ।

प्रदेश १ का पूर्व मुख्यमन्त्री भीमप्रसाद आचार्यले सालिक अनावरण गर्दै स्थानीय सरकारले चिल्ड्रेन पार्क सञ्चालन गर्नुपर्ने बताए । १ बिघा १९ कठ्ठामा फैलिएको पार्कलाई व्यवस्थित गर्न एमालेले माग गरेको छ । एमाले धरान नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा सुब्बाको योगदानलाई स्मरण गर्दै सालिक राखिएको अध्यक्ष हर्कजङ एभेङले जानकारी दिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू पनि सहभागी रहेका थिए । यस क्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाले पूर्व दिवङ्गत प्रमुख सुब्बाले देखाएको बाटोलाई सबैले आत्मसात गर्नुपर्ने बताए ।

उनले सुब्बा सबैको साझा मान्छेका रूपमा रहेको स्मरण गरे । सुब्बाको चौथो स्मृति दिवसको अवसरमा सालिक अनावरण गरिएको हो । सुब्बाका धर्मपत्नी इन्दु राई सुब्बाको पनि उपस्थिति थियो ।