बिर्तामोड । झापाको शनिश्चरे बजारमा ‘अर्जुनधारा सपिङ मार्ट’ सञ्चालनमा आएको छ । मार्टको औपचारिक उद्घाटन श्रावणी पर्वको अवसर पारेर सोमबार(आज) गरिने भएको छ ।
झापा जिल्लाको ऐतिहासिक बजारको रुपमा रहेको शनिश्चरे बजारमा १८ जना व्यवसायी तथा दुई वटा सहकारी संस्थाको प्रारम्भिक लगानी तीन करोड मार्ट सञ्चालनमा आएको हो । अरुणोदय बचत तथा ऋण सहकारी संस्था तथा मार्टका अध्यक्ष ताराप्रसाद नेपालका अनुसार अरुणोदय साकोस र शनिश्चरे सुपारी सहकारी संस्थालायत अर्जुनधारा र बिर्तामोड नगर क्षेत्रका व्यवसायसँगै शिक्षा, स्वास्थ्य, समाजसेवामा सक्रिय व्यक्तित्वको लगानी रहेको छ ।
एउटै व्यापारिक छानामुनि सर्वसुलभ दररेटमा गुणस्तरीय सम्पूर्ण घरायसी तथा उपभोग्य सामग्रीहरु बिक्री वितरण गर्ने तथा ऐतिहासिक बजार शनिश्चरे बजारको प्रबद्र्धन गर्ने उद्देश्यले मार्ट सञ्चालनमा ल्याइएको मार्ट सञ्चालन समितिका सचिव यदुनन्दन दाहालले जानकारी दिए । उपभोक्तालाई गुणस्तरीय सामान बजारमा भन्दा सस्तो मूल्यमा दिन सकिने पनि सचिव दाहालले बताए ।
शनिश्चरे बजारको बुढाथोकी कम्प्लेक्समा रहेको मार्टमा कस्मेटीक, होम ग्लोरी, पूजा सामग्री, स्टेसनरी र दैनिक उपभोग्य घरायसी सामग्री पाइने बताइएको छ । प्रारम्भमा मार्टले १० जनालाई प्रत्यक्ष रोजगारी दिएको सञ्चालकको भनाइ छ ।
मार्ट सञ्चालक समितिको उपाध्यक्षमा राजकुमारी शेर्पा, सदस्यद्वयमा प्रभाकर सोनी र भानु जोशी ज्ञवाली रहेका छन् । अन्य सञ्चालकहरुमा अनिता गोम्देन तामाङ, कञ्चना ढकाल सिटौला, टंक पोख्रेल, दीपेन्द्र सुब्बा, धु्रवकुमार पौडेल, पिताम्बर कोइराला, पुष्पप्रसाद ओझा, बालकृष्ण दाहाल, मिरादेवी भट्टराई, रोहित थापा, विजयराज तिम्सिना, सपन आचार्य र सुशिल भण्डारी रहेका छन् ।
नगर प्रमुख बलदेवसिंह गोम्देनले उद्घाटन गर्ने उक्त मार्टले उद्घानको अवसरमा होम ग्लोरीका सामग्रीहरु खरिदमा ग्राहकहरुलाई एक हप्तासम्म १० प्रतिशत छुटको व्यवस्था गरेको मार्ट सञ्चालक सदस्य भानु जोशी ज्ञवालीले जानकारी दिए ।