भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा अपाङ्गता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री संगै झोला वितरण गरिएको छ ।
गाउँपालिका, प्रदेश सरकार र करुणा फाउन्डेसनको सहकार्यमा बिद्यालयका २४ जना अपाङ्गता भएका विद्यार्थीहरुलाई सामाग्री बितरण गरिएको हो । गाउपालिकाको ६ वटै वडाका अपाङ्गता भएका विद्यार्थीहरुको खोजी गरेर शैक्षिक सामग्री वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।
उनीहरुलाई घर तथा टोलटोलमा पुगेर शैक्षिक सामग्री हस्तान्तरण गरेको अध्यक्ष राईको भनाई छ । सामग्री वितरण गर्दै अध्यक्ष राईले फरक क्षमता भएका बिद्यार्थीलाई पठानपाठनमा प्रोत्साहन गर्ने उद्धेश्यले शैक्षिक सामग्री सँगै झोला वितरण गरिएको जानकारी दिए । शैक्षिक सामाग्री पाए पछि अपाङ्गता भएका बिद्यार्थी खुसी भएका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ, उपप्रमुख अनिशा खड्का, गाउँपालिकाकी उपाध्यक्ष ज्योत्सना राई, प्रमुख प्रशासकिय अधिकृत नविन भट्टराई र गाउँपालिकाको विभिन्न शाखाका कर्मचारीहरुको सहभागीता रहेको गाउपालिकाले जनाएको छ ।