भोजपुर । भोजपुर सदरमुुकाममा रहेको बसपार्क सार्न पाच सदस्य समिती गठन गरिएको छ । भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेको अध्यक्षतामा बिहिवार बसेको सर्बपक्षिय बैठकले बसपार्क सार्न पाच सदस्य समिती गठन हो ।
बैठकले नयाँ बसपार्क व्यावस्थापनका लागि भोजपुर नगरपालिका वडा नम्बर.७ का वडाध्यक्ष जयबहादुर तामाङको संयोजकत्वमा ५ जनाको समिति गठन गरेको छ । समितीमा बस व्यावसायीको तर्फबाट गोपाल मोक्तान, ट्याक्सी व्यावसायीको तर्फबाट राजन राई, स्थानीयको तर्फबाट प्रेम भण्डारी र प्राविधिकको तर्फबाट अरुण हमाल रहेका छन ।
बैठकमा समितिले नयाँ बसपार्कको अनुुगमन गरि प्रतिवेदन पेस गर्ने सहमति भएको छ । समितिले बुझाएको प्रतिवेदनको आधारमा नगरपालिकाले तत्काल यात्रुुहरुका लागि शौचालय, प्रतिक्षालय, टिकट काउान्टरलगायत केहि भौतिक निर्माण गर्ने र निर्माण सम्पन्न भए पछि बसपार्क सार्ने मेयर आलेले बताए ।
मेयर आलेले बसपार्क सार्न तयार रहन पनि यातायात व्यावसायीलाई अनुरोध गरेका छन । यता यातायात व्यावसायीहरु भने बसपार्कमा आवश्यक सम्पुुर्ण तयारी नभए सम्म यातायातका साधन लैजान नसक्ने अडान राखेको सिद्धकाली यातायात प्रा लि भोजपुरका अध्यक्ष गोपाल मोक्तानले बताए ।
यातायात व्यावसायीले यात्रुहरुको व्यावस्थापनका लागि होटल, प्रतिक्षालय, खानेपानी, टिकट काउन्टर लगायत ब्यावस्था गर्नु पर्ने माग राखेको मोक्तानले जानकारी दिए ।