भोजपुर । भोजपुरको षडानन्द नगरपालिकाको सातौं नगरसभा सम्पन्न भएको छ । असार १० गते स्थगित नगरसभा आर्थिक बर्ष २०७९/८० को निति तथा कार्यक्रम पारित गर्दै बुधवार सम्पन्न भएको हो ।

नगरसभामा मेयर सुरेन्द्र उदासले निति तथा कार्यक्रम र उपमेयर प्रमिला राईले आगामी आर्थिक बर्षको ८६ करोड बढीको बजेट पेस गरेका छन । नगरसभामा ८६ करोड ८६ लाख ५७ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा बराबरको बजेट पेस गरिएको हो । नगरसभाले भौतिक पुर्वधारको क्षेत्रमा ५० लाख सामाजिक विकाशमा २१ लाख, कृषि विकाशमा ७० लाख , स्वास्थ्य क्षेत्रमा ९५ लाख, शिक्षा क्षेत्रमा १ करोड १५ लाख, बन तथा वातावरणको क्षेत्रमा १५ लाख, नगरपालिकादेखि वडाको केन्द्रसम्म जोड्ने सडकका लागि १ करोड ४० लाख र खेलकुद क्षेत्रमा १५ लाख बजेट विनियोजन गरेको छ । 

यस्तै नगरलाई सशर्त अनुदान संघिय सरकारबाट ३३ करोड ४३ लाख, विशेष अनुदान संघबाटै ४ करोड ५० लाख, समपुरक अनुदान संघ १ करोड प्रदेश सशर्त अनुदान १ करो ५१ लाख ७८ हजार, प्रदेश समपुरक अनुदान १ करोड, समानिकरण अनुदान १२ करोड ५९ लाख, बाँडफाँडबाट प्राप्त राजस्व ११ करोड ३६ लाख २७ हजार, प्रदेश समानिकरण अनुदान ६७ लाख ८५ हजार बाँडफाबाट प्राप्त राजस्व १ करोड ३३ लाख २४ हजार ६ सय ३०, आन्तरिक आय २ करोड ५० लाख, जनसहभागिता १ करोड, सामाजिक सुरक्षा १० करोड , आर्थिक बर्षको भुक्तानी बाँकी ४ करोड ९५ लाख २९ हजार ८ सय ९८ रुपैयाँ ९३ पैसा बजेट पेस गरिएको छ ।

यसअघि गत असार १० गते सम्पन्न हुने भनिएको नगरसभा आन्तरिक विवादका कारण स्थगित भएको थियो । मेयर सुुरेन्द्र उदासले आफुु खुसी बजेट ल्याउने तयारी गरे पछि उपमेयर प्रर्मिला राई सहित गठबन्धन दलका बहुमत सदस्य नगएकाले नगरसभा रोकिएको हो । षडानन्द नगरपालिकामा मेयर एमाले र उपमेयर माओबादी केन्द्रको रहेका छन । नगरपालिकामा गठबन्धन दल बहुुमतमा रहेको छ ।