झापाको भद्रपुर नगरपालिकामा माेवाइल चाेरीमा पक्राउ परेका एक व्यक्तिकाे साथबाट ८० राउण्ड गाेली  बरामद भएकाे छ  । 

माेवाइल चाेरीकाे अाराेपमा मंगलबार  पक्राउ परेका नगरपालिकाकाे ५ नम्बर वडाका १८ बर्षीय मोहम्बद प्यारेकाे साथबाट पेस्तोलमा लाग्ने ८० राउण्ड गोली समेत बरामद भएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

गत असार २४ गते राती पुरानो भद्रपुरमा राजु अग्रवालले संचालन गर्दै आएको प्रियंका मोबायल पसलबाट पसल भित्र रहेका बिभिन्न कम्पनिका २९  थान,  घडी २ थान र नगद रु ६१५०० गरी जम्मा रु  ५ लाख अठार हजार दुई सय मुल्य बराबरको चोरी भएकाे भनि जानकारी अाएसंगै  चोरीमा संग्लग्न ब्यक्तिको खोजतलास प्यारेलाई पक्राउ गरेकाे कार्यालयल जनाएकाे छ । 

पक्राउ गरेसंगै सोधपुछ र अनुसन्धान गर्ने क्रममा सटर फुटाउन प्रयोग गरेको रड र पसलमा लगाएको तोडिएको तालासहित चोरी भएका मध्ये १ थान मोवायल, मोवायलको चार्जर २७ थान र प्यारेको घरबाट ८० राउण्ड पेस्तोलको गोली बरामद भएको कार्यालयले जनाएकाे छ । 

  घटाना सम्बन्धमा अन्य थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।