वराहक्षेत्र । आपसी विवादमा छुरा प्रहार गर्दा वराहक्षेत्रको चक्रघट्टीमा एक जनाको ज्यान गएको छ । छुरा प्रहारबाट नगरपालिकाको वडा नम्बर ६ मुनाल चौक घर भएका अन्दाजी ४० वर्षका आशिष दर्जीको ज्यान गएको हो ।

साेमबार राती मादक पदर्थ खाएर उत्पन्न भएकाे बिवादमा स्थानिय २५ वर्षीय सबिन तामाङ्गले दर्जीको छातीमा चक्कुले प्रहार गरिएका थिए । चक्कु प्रहारबाट गम्भिर घाइते भएका दर्जीको धरान स्थितत वीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारकाे क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक टिका बहादुर कार्कीले बताए ।

छुरा प्रहार गर्ने तामाङ्गलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेकाे कार्यालयले जनाएकाे छ ।