विराटनगर । मोरङको जहदा गाउपालिका-३ हात्तीबन्दा नहर टोल स्थित सिंगघया खोलामा एक जना पुरुषको शव भेटिएको छ । आज विहान तत्काल नामथर वतन नखुलेको ३५/३६ वर्षिय पुरुषको शब भेटिएको हो ।
शव भेटिएपछि प्रहरि चौकि मझारेबाट प्रहरि साहयक निरिक्षकको टोली खटिगई घटना स्थल सुरक्षित राखीएको थप कानुनि प्रकृयाको लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी निरीक्षक खटि अनुसन्धान भईरहेको मोरङ प्रहरिका डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।