मानव बेचबिखन तथा ओसारपसार मुद्धामा सजाय भक्तान नगरी फरार रहेकी धरान १६ की ४६ वर्षीया सरिता भन्ने कृष्ण कुमारी लिम्बूलाई  प्रहरीले पक्राउ गरेकाे छ ।

सुनसरी जिल्ला अदालतले २०७८ साल असार २२ गतेको उक्त मुद्दामा १० बर्ष कैद र ५० हजार रुपैया जरिवाना  फैसला गरेकाेमा सजाय भुक्तान नगरी फरार रहेकी लिम्बूलाई १ नम्बर प्रदेश प्रहरी कार्यालय मोरङको अनुसन्धान समुह आरटीआईबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेकाे उक्त कार्यालले जनाएकाे छ । 

कार्यालयका अनुसार पक्राउ परिकी ती महिलालाई  अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएकाे छ ।