संखुवासभाको मादी नगरपालिका खोलागाउँमा ६ जनाको हत्यामा संलग्न ५ जनामध्ये चार जनालाई आजीवन कैद सुनाएको छ । गत भाद्र २१ गते बिहान एकै परिवारको ६ जनाको हत्यामा संलग्न ५ जना पुर्पक्षका लागि थुनामा थिए ।

उनीहरुमध्ये चार जनालाई जिल्ला अदालत चैनपुरले सोमबार गरेको फैसलाबाट आजिवन कैद र जनही २ लाख जरिवाना सुनाएको हो । एक जना नावलाकलाई २५ बर्षको दुई तिहाई कैद सुनाएको छ । 

हत्यामा संलग्न ४७ वर्षीय खड्गबहादुर कार्की, २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षिय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्की र लोकबहादुर कार्कीलाई सजाय सुनाएको हो ।

भादौ २१ गते ९० वर्षिय बाैद्ध बहादुर कार्कीको श्रीमती बर्ष ८४ की पार्वती कार्की, छोरा वर्ष ५५को तेज कुमार कार्की, छोरा वुहारी वर्ष ५४ की मनमाया कार्की, नातिनी बुहारी वर्ष ३२ की रञ्जना कार्की, पनाती वर्ष ८ कोे दिपेन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की गरि एकै परिवारका ६ जनाको हत्या भएको थियो ।

उनीहरुको टाउको तथा शरिरको बिभिन्न भागहरूमा दाउराको चिर्पट तथा धारिलो हतियार प्रहार गरि हत्या भएको  थियो ।