संखुवासभा । जिल्ला स्थित संखुवासभा इसाई समाजले खाँदबारी नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । मंगलबार ५ बुँदे ज्ञापन पत्र नगर प्रमुख महेश थपलियालाई समाजका अध्यक्ष लाक्वा छिरिङ भोटेले बुझाएको हो । नगरपालिका प्रमुख थपलियाको कार्यकक्षमा नै गएर ज्ञापन पत्र बुझाएको हो । 

ख्रीष्टियन धर्म मान्नेहरुको साझा संस्थाको रुपमा स्थापित इसाई समाजलाई अन्य धार्मिक संस्थाहरु जस्तो स्थानीय तहबाट सहयोग नभएको भन्दै ज्ञापन पत्र बुझाएको हो । नगरपालिका भित्रका रहेको मण्डली चर्चहरुलाई स्थानीय धार्मिक गुठीको रुपमा दर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

हालसम्म चर्चहरुको आफ्नै जग्गाहरु नभएरको कार्यालयको भवन निर्माणको लागि आवश्यक जग्गा व्यवस्थापन तथा जसको लागि खरिद गर्नै पनि समस्या भएको भन्दै बाटो फुकाउ गर्न नगरको पहल हुनु पर्ने ज्ञापन पत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझाउँदै समाजका अध्यक्ष भोटेले अन्य धार्मिक समुदायसरह मण्डली चर्च निर्माणको लागि बजेट छुटिनु पर्ने, व्यवस्थापन संरक्षण र अधिकार प्रत्यायोजन गर्नुपर्ने र आफुहरु धार्मिक पर्व ख्रीष्टमस र इस्टरसन्डेको दिन सार्वजनिक विदाको व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।

ज्ञापनपत्र बुझ्नै नगर प्रमुख थपलियाले माग अनुसार विधिसम्म सबै पुरा गर्ने बाचा गरे । मण्डलीलाई धार्मिक गुठीको रुपमा विकास गर्न अवश्यक रहेको र जसको लागि अवश्यक पहल गर्ने उनले बताए । सबै जातजति, धर्म मान्ने सबैलाई संगै लिएर अघि बढ्ने उनको भनाई छ ।

उनले धार्मिक सहिष्णुता कायम गर्दै नगरको समृद्धमा सबै एकजुट भएर लाग्नु पर्ने र आफुले हरसम्भव समन्वय र सहकार्य गर्ने बताए । स्थानीय तह एक सरकार नै भएकोले पनि अधिकांश मागहरु पुरा गर्न कानुन निर्माण पनि गर्नेुपर्ने हुनसक्ने भएकोले जसमा सदैव प्रयास गर्ने नगर प्रमुख थपलियाले बताएका छन् ।