धरान । गोरखा बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई बङ्गुरपालनसम्बन्धी तालिम दिएको छ ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिको आयोजनामा दुईदिने बङ्गुरपालन तालिम दिइएको हो । संस्थाका शेयर सदस्यहरूको सीप विकास गरी जीवीकोपार्जनमा सहयोग पुराउने उद्घेश्यले आयोजना गरिएको तालिममा जम्मा २५ शेयर सदस्य सहभागी भएका थिए ।

तालिममा सहभागीहरूलाई बङ्गुरपालनसम्बन्धी विस्तृत जानकारी गराइएको थियो । कृषि अनुसन्धान निर्देशनालय सुनसरी तरहराका बङ्गुर पालन प्राविधिक डा. प्रकाश यादव र धरान उपमहानगरपालिकाको पशु शाखाका डा.बिर्खराज राईले प्रशिक्षण दिएका थिए ।

सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूको क्षमता र सीप वृद्घिका लागि विगतदेखि नै विभिन्न तालिमहरू दिँदै आइरहेको र तालिममा सिकेको ज्ञान, सीपलाई व्यवहारमा लागू गरी जीवीकोपार्जनमा केही सहयोग पु¥याउने संस्थाको उद्देश्य रहेको संस्थाका अध्यक्ष मानबहादुर राईले बताए ।