विजयपुर । नेपाल मगर सङ्घ धरान उपमहानगर वडा नं. १ को अध्यक्षमा हेलिना पिठाकोटे मगर चयन भएकी छन् ।

शनिबार धरान–१ मा सम्पन्न भेलाले हेलिनाको अध्यक्षतामा ९ सदस्यीय कार्यसमित चयन गरेको हो । समितिको सचिवमा सुमि थापा मगर, कोषाध्यक्षमा रनमाया राना मगर, सदस्यहरूमा यमबहादुर लुङ्गेली मगर, सर्किनी थापा मगर, कमला राना मगर, उत्तरा थापा आले मगर, सर्मिला थापा मगर र सुस्मा थापा मगर चयन भएका छन् ।

धरान नगर समितिको सङ्गठन विस्तार अभियान अन्तर्गत वडा नं. १ को समिति गठन गरेको सङ्घका धरान अध्यक्ष चित्रराज थापा मगरले जानकारी दिए ।

भेलामा नेपाल मगर महिला सङ्घका केन्द्रीय सदस्य मीना पुलामी मगर, नेपाल मगर सङ्घ धरान नगर समितिका सल्लाहकार नरकुमार मगराती मगर, सङ्घका सदस्य विनोद आले मगरलगायतको उपस्थिति रहेको थियो ।