धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत बालरोग विशेषज्ञ डा. अरुणकुमार सिंहले लेखेको ‘बालबालिकाको डाक्टर साथी’ पुस्तक बिक्रीबाट प्राप्त रकम आमचोक सरोकार समाज सुनसरीलाई हस्तान्तरण गरिएको छ ।

विपन्न बालबालिकाहरूको उपचारमा सहयोग पु¥याउन समाजलाई शुक्रबार रकम हस्तान्तरण गरिएको छ । डा. अरुणकुमारले समाजका अध्यक्ष राजेन्द्र राईलाई ५० हजारको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकम अति विपन्न परिवारका बालबालिकाको उपचारमा समस्या भएका बेला सहयोग गर्न संस्थालाई हस्तान्तरण गरिएको हो । अरू पैसा थपेर उपचार सहयोग कोष बनाउने योजना रहेको संस्थाका अध्यक्ष राजेन्द्र राईले जानकारी दिए ।

आमचोकमा जन्मिएर सुनसरीमा बसोबास गर्नेहरूले ४ वर्षअघि स्थापना गरेको संस्थाले आमोचोक तथा सो क्षेत्रबाट बीपी प्रतिष्ठानमा उपचार गराउन आएका विपन्नहरूलाई सहयोग गर्दै आएको छ ।

पत्रकार देवेन्द्र कार्कीले सम्पादन गरेको उक्त पुस्तक ग्रामीण समुदायका बालबालिका तथा उनीहरूका अभिभावकहरूका लागि उपयोगी छ । यसअघि धरान–१७ की जानुका विकलाई पुस्तक बिक्रीबाटै प्राप्त पाँच हजार नगद सहयोग गरिएको पुस्तकका सम्पादक कार्कीले जानकारी दिए ।