विराटनगर । सह–चालकले चलाएको बसले स्कुलका बच्चाहरूलाई ठक्कर दिँदा दुई विद्यार्थीको ज्यान गएको प्रहरीले जनाएको छ । मोरबको रब्गेली नगरपालिका–७ को माउन्ट मकालु बोर्डिब स्कुलको बसले ठक्कर दिँदा दुई विद्यार्थीको उपचारको क्रममा शुक्रबार निधन भएको हो ।
स्कुल बसले रङ्गेली–७ का ४ वर्षीय ऋतिक मण्डल र रङ्गेली–६ की ६ वर्षीया सुनमकुमारी मण्डलको ज्यान गएको हो । घटना गत मब्गलबार भएको थियो । जिल्ला प्रहरी कार्यालय मोरबका अनुसार ऋतिकको घटनास्थलमै मृत्यु भएको थियो भने सुनमकुमारीको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुवै जना माउन्ट मकालु स्कुलमा अध्ययनरत थिए । दुर्घटना गराउने बसका सह–चालक फरार छन् । को.१ क ११३० नम्बरको बस पछाडि सार्ने क्रममा बालबालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बस सह–चालक ३७ वर्षीय विजय माझीले चलाएको खुलेको जिल्ला प्रहरी कार्यालय मोरबका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनापछि सह–चालक फरार छन् ।
बसमा चालक राजकुमार श्रेष्ठ पनि थिए । दुर्घटनापछि ग्रामथान गाउँपालिका–७ घर भएका सह–चालक माझी र चालक रब्गेली–७ का श्रेष्ठ फरार थिए । तर, श्रेष्ठलाई प्रहरीले पक्राउ गरिसकेको छ भने सह–चालक माझीको खोजी जारी रहेको डिएसपी श्रेष्ठले बताए । माझी भारततर्फ भागेका छन् ।
विद्यालयका प्रिन्सिपल भक्त सुब्बाका अनुसार दुर्घटना हुँदा चालक र सह–चालक दुवै ड्युटीमा थिए । कसले गाडी चलाएको भन्ने चाहिँ थाहा नभएको उनले बताए । "चालक र सह–चालक दुवै थिए, गाडी कसले कुदाएको थियो भन्ने जानकारी भएन’ उनले भने, "हतार–हतार विद्यार्थीलाई लिएर अस्पताल आएँ, सुगर र प्रेसरका कारण आफै न्यूरो अस्पतालमा भर्ना भएँ ।’ यसैबीच इलाम नगरपालिका–१ स्थित मेची राजमार्गमा भएको सवारी दुर्घटनामा ११ जना यात्रु घाइते भएका छन् ।
ताप्लेजुबबाट झापा आउँदै गरेको को.१ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा जिपमा रहेका सबै यात्रुहरू घाइते बनेका हुन् । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । गाडीमा सवार ११ मध्ये चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेलाई उपचारका लागि झापा तथा इलाम अस्पतालमा पठाइएको छ ।