धरान  / ब्लाष्ट टाइम्स दैनिकका प्रधान सम्पादक राजकुमार कार्की धरानमा शुक्रबार सम्मानित भएका छन् ।

फक्ताब्लुब मिडिया हाउस प्रालिको आयोजनामा भएको एसईई स्टेट १ सिङ्गिङ र डान्सिङ आइडलको अवसरमा प्रधान सम्पादक कार्की सम्मानित भएका हुन् ।

पत्रकारिता क्षेत्रमा उच्च योगदान पुर्याएको भन्दै प्रधान सम्पादक कार्कीलाई दोसल्लासहित सम्मान–पत्रले सम्मानित गरिएको कार्यक्रम व्यवस्थापक तीर्थ कार्कीले जानकारी दिए । प्रधान सम्पादक कार्कीलाई प्रदेश १ का प्रमुख परशुराम खापुबले सम्मान–पत्रसहित दोसल्ला ओढाई सम्मानित गरे ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै प्रालिले सञ्चालनमा ल्याएको एफटिएल अनलाइन टिभीको आयोजनामा कार्यक्रम भएको हो । प्रतियोगितामा सिब्गिब र डान्सिब आइडलमा १०–१० जना प्रतिस्पर्धी रहेका थिए ।