भोजपुर । भोजपुरका व्यापारीलाई अनिवार्य मुल्य सुची राख्न जिल्ला प्रशासन कार्यालय भोजपुुरले निर्देशन दिएको छ । जिल्ला सदरमुकाममा शुक्रबार बजार अनुगमनका क्रममा व्यापारीहरुलाई अनिवार्य मुल्य सुची राख्न प्रशासनले कडा निर्देशन दिएको हो ।
व्यापारीहरुले मुल्य सुची नराखी म्याद गुज्रिएका सामान समेत राखेको भेटिए पछि प्रशासनले कार्वाही गर्ने चेतावनी दिएको छ । बजार अनुगमनका क्रममा १५ हजार ५ सय ९० रुपैया बराबरको म्याद गुज्रिएका सामान बररामद गरिएको जिल्ला प्रसाशन कार्यायल भोजपुरका निमित प्रमुख जिल्ला अधिकारी रामप्रसाद दाहालले बताए ।
म्याद गुज्रिएका सामान नष्ट गरिएकोे उनले जानकारी दिए । जिरोप्वाईन्ट देखि बैकरोड सम्म गरिएको अनुगमनका क्रममा दुर्गा किराना पसल , सजिना किराना पसल , कान्तिपुर किराना पसल , नारायण किराना पसल , बिद्याधरी किराना पसलमा म्याद गुज्रिएको सामान भेटिएका हुन । म्याद गुज्रिएका सामान राखेर बेच्ने व्यावसायीलाई सम्झाईएको छ ।
बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय भोजपुरका प्रशासकीय अधिकृत नारायण लघु , घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख लोकेन्द्र फागो , भोजपुर नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक सन्तोष कटवाल , भोजपुुर उद्योग बाणिज्य सघका उपाध्यक्ष नीरकुमार बिश्वकर्मा , उपभोक्ता हित संरक्षण मञ्च भोजपुरका अध्यक्ष गणेश कुमार श्रेष्ठ , सुरक्षा निकायका प्रतिनिधी लगाएतको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।