एसइई स्टेट १ सिङ्गिङ आईडल सिजन २ र डान्सिङ स्टार सिजन १ का उत्कृष्ट २० जना सहभागिहरुलाई बिहिबार पब्लिक स्पिकिङ र खाना टेबल शिष्टाचार सम्बन्धि एक दिवसिय तालिम सम्पन्न भएको छ।

फक्ताङ्लुङ मिडिया हाउस प्रा।लि।द्वारा सन्चालित एफटिएल अनलाईन टिभिद्वारा आयोजित प्रतियोगीताका उत्कृष्ट २० जनालाई मासको अगाडि आत्माबिस्वास पुर्बक कसरी बोल्ने, माईक्रो फोन कसरी समाउने, प्रस्तुति कसरी गर्ने, ब्यक्तित्व बिकास कसरी गर्ने लगायतका कुराको बारेमा ज्ञान दिईएको तालिमका सहजकर्ता तिर्थ कार्कीले बताए।

त्यस्तै सहभागिहरुलाई स्टार होटलमा खाना खादा काटा-चम्चम कसरी प्रयोग गर्ने, खाना टेबल कसरी मेन्टेन गर्ने भन्ने लगायतका कुराहरुको बारेमा ज्ञान दिईएको सहजकर्ता यु।एन।नबोदय कलेजका होटल म्यानेजमेन्ट कोअर्डिनेटर गगन श्रेष्ठले बताए।

तालिम युएन कलेजको सेमिनार हलमा भएको थियो। एसइई आइडलका सहभागिहरुलाई ब्यक्तित्व र नेतृत्व क्षमताको बिकास गर्ने उद्येस्यले बिभिन्न अतिरिक्त बिषयको तालिम प्रदान गरिएको प्रा।लि।का अध्यक्ष डम्बर कुमार तुम्बापोले जानकारी दिए।

एसइई आईडलको फाईनल आगामि असार(१७ गते धरान १५ स्थित याक्थुङ चुम्लुङ हिममा हुने आयोजकले जनाएको छ।