इलाम र झापामा भएकाे सवारी दुर्घटनामा २ जनाकाे मृत्यु भएकाे छ भने अन्य २ जना घाइते भएका छन् ।
इलामको रोङ गाउपालिका ४ बाघखोर स्थित मेची राजमार्गमा हिजो दिउसो पौने २ बजे फिक्कलबाट झापातर्फ आउदै गरेको मे १ त ४४७८ नम्बरको ट्याक्टर सडकबाट १५० मिटर तल झरी दुर्घटना हुँदा ट्याक्टर चालक सुर्योदय नगरपालिका १२ का २९ बर्षीय सागर प्रधान सहित ३ जना घाईते भई उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड लगिएकोमा उपचारको क्रममा चालक प्रधानको मृत्यु भएको हो ।
यसै, गरी झापाको गौरादह नगरपालिका १ सितापुरी स्थित भित्री सडक खण्डमा हिजो बेलुका ५ बजे मे १ त ७४३१ नम्बरको ट्याकटरले ठक्कर दिदा घाईते भएका स्थानिय राम प्रसाद अधिकारीको ९ बर्षीय छोरा गौरव अधिकारीलाई उपचारको लागि दमक अस्पताल दमक लगिएकोमा अस्पताल पुराउना साथ उनको मृत्यु भएको हो ।
ठक्कर दिने ट्याक्टर र चालक झापा कमल गाउपालिकाका २६ वर्षीय बिनोद चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान भइरहेका उक्त कार्यालयले जनाएकाे छ ।