विराटनगर । पौडी सङ्घ मोरङले ओलम्पिक डे २०२२ को अवसर पारेर खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको छ । विराटनगरस्थित एभरेष्ट कलेजको स्विमिङ पुलमा शनिबार खुल्ला पौडी प्रतियोगिता आयोजना गरेको हो ।

पुरुषतर्फ दुई सय मिटर पौडी प्रतियोगिताको प्रथम आरेक बस्नेत, द्वितीय अब्जन मल्लिक र तृतीय सार्थक श्रेष्ठ घोषित भए । यस्तै पुरुषतर्फ एक सय मिटर पौडी प्रतियोगिताको प्रथम आयुष लामा, द्वितीय सुरेश राजवंशी र तृतीय अनुज गुरुङ भए ।

यसैगरी पचास मिटर पौडी प्रतियोगिताको प्रथम आयुष लामा, द्वितीय कृतिक कार्की र तृतीय शुभाञ्जल प्रसाईं भइन् । यस्तै २५ मिटर पौडी प्रतियोगिताको प्रथम अभियान बुढोथोकी, द्वितीय क्षितिज चौधरी र हितेश राय घोषित भए ।

यसैगरी महिलातर्फ भएको ५० मिटर पौडी प्रतियोगिताको प्रथम  युडेन लामा, द्वितीय सिरिय प्रसाईं र तृतीय दिया सिग्देल घोषित भइन् । प्रतियोगिताको उदीयमान खेलाडी जिपशन लामा घोषित भएका छन् ।

प्रतियोगितामा महिला र पुरुष गरी ५० जना पौडी खेलाडीहरूको सहभागिता रहेको प्रशिक्षक इन्द्र राजभण्डारीले जानकारी दिए । विजयी हुने खेलाडीहरूलाई नेकपा (एमाले)का केन्द्रीय सदस्य विनोद ढकाल, पौडीका प्रशिक्षक इन्द्र राजभण्डारीलगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।