सिरहा । रातिको समयमा ट्याक्टरमा पछाडिको ब्याक लाईट नहुँदा सडक दुर्घटना हुन सक्ने सम्भावना प्रवल हुने भएकाले कुरालाई मध्यनजर गर्दै टाँढैबाट टल्किने र ट्राफिक नियमका पालना सभ्य समाजको सिर्जना भने्र स्टिकर टाँस्ने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक टुपेन्द्र श्रेष्टले बताए ।
उनले भने ‘स्टीकर रातिको बेला टाँढैबाट हेराउँछ । जसले सडक दुर्घटना हुनबाट जोगाउँछ । यसै उद्देश्येल स्टिकर टाँस्न गरेका छन । मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, दुईजना भन्दा बढी सबार भई यात्रा गर्ने प्रबृति बढ्दै गएकोले यसलाई नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक श्रेष्टले दाबी गरे ।
सवारी साधन दुर्घटना भएर मानिसको ज्यान जाने क्रम बढेपछि ट्राफिक प्रहरीले सबारी साधन चेकजाँचमा कडाई गरेका छन् । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सवारी चालकको लापर्वाही, मादक पदार्थ सेवन गरी सबारी साधन चलाउने, अत्याधिक यात्रु बोक्ने जस्ता कार्य घटाउन सक्रियता बढाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयकाले मातहतका स्थानमा सवारी साधनको चेकजाँचमा कडाई गरेका छन् । खासगरी पुर्बपश्चिम लोकमार्गमा लामो तथा छोटो दुरीका सवारी साधन गुड्ने र दुर्घटना हुने क्रम पनि बढेकाले चेकजाँचमा कडाई गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक मनोज कुमार चौधरीले बताए ।
नियम विपरीत सवारी साधन चलाएको पाइएपछि ऐन अनुसार कार्वाही गरिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक चौधरीले बताए ।