धरान । धरानमा १२ हजार ३४८ मत गणना सम्पन्न हुँदा गठबन्धन नै अगाडि देखिएको छ । 

गठबन्धनका उम्मेदवार किशोर राईले हालसम्म ३ हजार ८ सय ४९ मत ल्याउँदै अग्रता कायमै राखेका छन् । त्यस्तै एमालेका उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ३ हजार ४० मत प्राप्त गरेकी छन् । उनलाई स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले २ हजार ९ सय ९८ मत प्राप्त गरेका छन् । साम्पाङ एमाले उम्मेदवार सुवेदीभन्दा ४२ मतले पछि छन् । निर्वाचन अधिकृतको कार्यालय धरानका अनुसार उपप्रमुखमा भने गठबन्धनसँग एमालेका उम्मेदवारले मतान्तर घटाउँदै लगेको अवस्था छ ।

गठबन्धनका उम्मेदवार आइन्द्रविक्रम बेघाले ४ हजार २ सय ४५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार पदम इस्बोले ३ हजार ८ सय ४४ मत प्राप्त गरेका छन् । यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले धरानको मतगणना स्थलको निरीक्षण गर्दै मतगणना चाँडै सम्पन्न गर्न निर्देशन दिएका छन् । संवैधानिक व्यवस्थाअनुसार मतगणना कम्तीमा निर्वाचन सम्पन्न भएको ७ दिनभित्रमा अन्तिम नतिजा प्रकाशन गर्नुपर्ने हुन्छ ।

मतगणना कार्य सुस्त भएको र नतिजा आउन ढिलाइ भइरहेको गुनासो आइरहेपछि निरीक्षण गर्दै गणक सख्ंया दोब्बर बनाउन माग निर्देशन दिइएको छ ।