ताप्लेजुङ । चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–७ याङ्मा मतदान केन्द्रबाट मतगणनास्थलसम्म मतपेटीका आइपुग्न तीन दिन लाग्ने भएको छ । वैकल्पिक व्यवस्थापनको समस्याका कारण उक्त स्थानको मतिपेटिका पैदलमार्ग हँुदै मतगणनास्थल ल्याउन लागिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकूल मौसमका कारण हेलिकोप्टर जान नसकेपछि पैदल मार्ग हँुदै निर्वाचन अधिकृतको कार्यालयसम्म मतपेटिका पु¥याउन लागिएको हो ।

भौगोलिक हिसाबले अतिदुर्गम बस्ती याङ्मा, ओलाङ्चुङगोला, घुन्सा र ग्याप्ला गरी चार मतदान केन्द्रको मतपेटिका हेलिकोप्टरमार्फत् निर्वाचन अधिकृतको कार्यालयसम्म ल्याउन निर्वाचन आयोगले गत साता गृह मन्त्रालयबाट अनुमति लिएको थियो । तर, मौसम प्रतिकूल भएसँगै हेलिकोप्टर जान नसकेपछि तीन दिनलाग्ने पैदलमार्गमार्फत् बोकेर ल्याउनुपरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी पिविन दुलालले बताए ।

दुलालका अनुसार शनिबार बिहानै मतपेटिका ल्याउने तयारी गरिएको थियो । उनले आज (आइतबार) सम्ममा निर्वाचन अधिकृतको कार्यालय तापेथोकसम्म मतपेटिका ल्याई पु¥याइने योजना बनाइएको छ । ओलाङ्चुङगोला, घुन्सा र ग्लाप्लाका मतदान केन्द्रका मतपेटिका भने आ रातिसम्ममा मात्र निर्वाचन अधिकृतको कार्यालयसम्म आइपुग्ने जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ ।

समुद्र सतहदेखि ४ हजार २ सय मिटर उचाइमा अवस्थित याङ्मा बस्तीमा शेर्पा समुदायको ११ घरपरिवार बसोबास गर्दै आएका छन् । ६० जना मतदाता रहेको याङ्मामा यस स्थानीय तह निर्वाचनमा १४ जनाले मात्र मतदान गरेको जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले जनाएको छ । शुक्रबार दश पुरुष र चार महिलाले मतदान गरेको जिल्ला निर्वाचन अधिकृत खनालले बताए ।

उक्त क्षेत्रमा मतदान गराउनका लागि कर्मचारी र सुरक्षाकर्मी गरी नौ जनाको टोली याङ्मा पुगेको थियो । मतदान गर्नका लागि दुई लाखभन्दा बढी खर्च हुने निर्वाचन आयोगको कार्यालय ताप्लेजुङले जनाएको छ । ‘उक्त क्षेत्रमा निर्वाचनका लागि दुई लाख रुपैयाँभन्दा बढी खर्च हुने अनुमान गरिएको छ, नागरिकको मताधिकारका लागि खर्च गर्नु राज्यको दायित्वभित्र पर्दछ’–खनालले भने ।

फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङचुङगोलामा वडाध्यक्षसहित पाँचैजना जनप्रतिनिधि भने यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् । जसका कारण सो वडाको दुवै मतदान केन्द्रमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान भएको छ ।

यस्तै २ सय ७६ जना मतदाता रहेको ओलाङ्चुङगोलामा ८५ मत खसेको छ । ४२ जना पुरुष र ४३ जना महिलाले मतदान गरेको जनाइएको छ । यस्तै १ सय ६६ मतदाता रहेको घुन्सामा ८१ मत खस्यो । जसमा ४४ पुरुष र ३७ महिला छन् ।

यता ग्याब्लामा भने ३२ जनाले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ । नौ स्थानीय तह रहेको ताप्लेजुङमा फक्ताङ्लुङ गाउँपालिकाबाहेक अन्य आठ स्थानीय तहमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका सङ्कलन भइसकेको छ ।