धरान । धरानमा नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले खाता खोलेका छन् । 

धरान २ नम्बर वडाबाट वडाध्यक्षका उम्मेदवार रमेश राईले खाता खोलेका हुन् । तर, औपचारिक निर्णय हुन बाँकी छ । वडासदस्यमा भने मिश्रित नजिता आएको मतगणना स्थलमा रहेका एक अधिकारीले जानकारी दिए । यसअघि धरान २ मा नेपाली कांग्रेसबाट माधवगोविन्द श्रेष्ठले चुनाव जितेका थिए । 

धरान २ मा कुल मतदाता २ हजार ३ सय ६ भए पनि १४ सय ८० मत मात्रै खसेको थियो । निर्वाचन अधिकृतको कार्यालयले चाँडै नै औपचारिक निर्णय गर्ने तयारी गरेको छ ।