ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका-६ का २५ वर्षीय आइतराज लिम्बूलाई आफ्नै बुवा र आमाको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।  बिहिबार बेलुका साढे पाँच बजे लिम्बूले आफ्नै ७० वर्षीय बुवा बीर्ख बहादुर र ७२ बर्षीया आमा थिपरानीलाई खुकुरी प्रहार गरी हत्या गरेका थिए । 

तत्काल घटनाको जानकारी पाए लगतै प्रहरी चौकी लेलेपबाट घटना स्थलमा खटिएको प्रहरी टोलीले हत्यामा संलग्न छोरा आइतराजलाई खुकुरी सहित घरबाट नै नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ जनाएकाे छ ।

 घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको  उक्त कार्यालयले जनाएकाे छ ।