लागुऔषध मुद्दाका १ जान फरार प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ ।

गत चैत्र ३० गते मोरङको बिराटनगर महानगरपालिका १९ मा  को १ च ५३१८ नम्बरको पिकअप भेनबाट १२० केजी गाँजा बरामद भएको थियो । पिकअपबाट गाँजा बरामद भएता पनी फरार रहेका पिक अप चालकलाई बैशाख २० गते  सुनसरीकाे धरानबाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा साँघुरीगढी गाउँपालिका ८ का ३९ बर्षीय झगेन्द्र राई रहेका छन् । राईले नियन्त्रीत लागुऔषध गाँजा पिकअपमा लोड गरी सिमाक्षेत्रबाट भारतिय बजार लैजान लाग्दा मोरङको बुधनगरमा पिकअप छाडी फरार भएका थिए । लागुऔषध ओसार पसार गर्ने राईको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।