विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपालिकामा एमालेका उम्मेदवारको घर पछाडि प्रेसर कुकुरमा शंकास्पद वस्तु फेला परेको छ ।
सुन्दरहरैंचा ११ शुक्रबारेमा एमालेबाट वडा सदस्यका उम्मेदवार जीवनाथ ढकालको घर पछाडि प्रेसर कुकरमा शंकास्पद बस्तु बिहीबार विहान भेटिएको हो ।
प्रेसर कुकरमा तार निकालेर राखेको अवस्थामा भेटिएको शंकास्पद वस्तुलाई स्थानीय प्रहरीले घेरा हालेर उक्त ठाउँमा कसैलाई जान दिएको छैन । प्रेसर कुकरमा ‘प्रतिक्रियाबादी निर्वाचन बहिस्कार’ लेखिएको छ ।
नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थल पुगिसकेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा प्रहरीले थप अनुसन्धान सुरु गरेको उनले बताए । घर पछाडि बिहानै कुकर बम जस्तो वस्तु बिहानै देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।