धनकुटा । धनकुटा नगरपालिका–९ गुठीटारमा एक वृद्धको शव फेला परेको छ ।
स्थानीय महेन्द्र राईको घरमा बस्दै आएका तेह्रथुम घर बताउने टङ्क ओझा बिहीबार राति घर भित्र मृत अवस्थामा फेला परेका हुन् । अन्दाजी ६० वर्षीय वृद्ध मृत भेटिएको प्रहरीले पुष्टि गरेको छ ।
घटनास्थलमा पुगेको प्रहरीका अनुसार केही दिनदेखि स्थानीय महेन्द्र राईको खाली घरमा ओझा बस्दै आएका थिए । उनको शव प्रहरीले पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटामा ल्याएको छ ।