झापा। झापाको बिर्तामोड नगरपालिका-५ स्थितमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ ।

घटनामा संलग्न बिर्तामोड-५ का ४० बर्षीय श्रीमान् कमल राउतलाई प्रहरीले पक्राउ गरेको छ । बुधवार राती राउतले घरायसी बिवाद हुँदा आफ्नै श्रीमती ३९ बर्षीय खेमजुङ गुरुङलाई कुटपिट गरेका थिए ।

श्रीमानको कुटाईबाट घाइते भएकि खेमजुङको कन्काई अस्पताल बिर्तामोडमा सामान्य उपचार पश्चात थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल लगिएकोमा उक्त अस्पतालमा उपचार हुन नसकि आफन्तले बिर्तामोडस्थित माईती घर ल्याएकोमा उनको बिहिबार राती साढे १० बजे मृत्यु भएको हो ।

घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।