यासोक / पाँचथरको कुम्मायक गाउँपालिका केन्द्र यासोक बजारमा लाग्ने ऐतिहासिक तङ्सुम तङ्नाम त्रीशाली पुजा एवं मेलाको मिति तोकिएको छ । बुधवार यासोकमा बसेको  सर्वपक्षिय भेलाले २०७९ बैशाख २, ३ र ४ गते पुजा र मेला सञ्चालन गर्ने निर्णय गरेको हो । सोही भेलाले कुम्मायक— १ का वडाअध्यक्ष देबेन्द्रकुमार लावतीको अध्यक्षतामा ३५ सदस्य मुल समारोह समिति समेत गठन गरको छ ।

गठित समितिको बैठक केही दिन भित्रै वस्ने र बिभिन्न उपसमिति गठन गरी जिम्मेवारी बाडफाड गर्ने नव गठित समितिका अध्यक्ष तथा वडाअध्यक्ष लावतीले बताए ।  निर्धारित कार्यक्रम अनुसार बैशाख २ गते कुम्मायक कुसायक धार्मिक क्षेत्रमा पुजा—आजा गर्ने ३ र ४ गते मेला सञ्चालन गर्ने निणर्य गरेको छ ।

प्रत्येक तीन बर्षको अन्तरमा लाग्ने पुजा एवं मेला कोभिडको कारण रोकिएको थियो । कोरोना भाईरसको जोखिम कम हुँदै गएपछि यस पटक भने पुजा र मेला लगाउने तयारी गरिएको हो । त्रीशाली पुजा र मेला भर्नको लागि देशका बिभिन्न स्थान साथै छिमेकी राष्ट्र भारत र भुटानबाट नागरिक दर्शन गर्न आउने गरेका छन ।