धनकुटा। धनकुटाको धनकुटा नगरपालिका-९ मुलघाटस्थित तमोर नदीमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
मृत फेला परेकी महिला धनकुटा नगरपालिका-९ स्थित बिश्रान्ती बृद्धा आश्रममा बस्दै आएकी ५६ बर्षीया देवी लामिछाने रहेकी छिन् ।
लामिछाने फाल्गुन २९ गते दिउँसो बृद्ध आश्रमदेखि हराई बेपत्ता भएकिमा प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा मङ्गलबार बिहान सवा ९ बजे नदी किनारमा मृत अवस्थामा फेला पारेको हो ।
मृत लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र जिल्ला प्रहरी कार्यालय धनकुटाबाट अन्य थप अनुसन्धान भईरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।