झापा । झापाको कमल गाउँपालिका-५ सितापुरीस्थित पूर्व पश्चिम राजमार्गमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईलाम सुर्योदय नगरपालिका-१ का ३९ बर्षीय कमल राई रहेका छन् । साेमबार बेलुका साँढे सात बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको लु.१ ख ८८३६ नम्बरको बसले ठक्कर दिँदा घाईते भएका राईको उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।