धरान । युनिलिभर नेपाल लिमिटेड (यूएनएल) ले ११२ औं संशोधन अन्तर्राष्टिय महिला दिवस मनाएको छ । लिमिटेडले महिलाहरूको हालसम्म आर्थिक तथा राजनीतिक रूपमा महिलाको योगदानको चर्चा गर्दै लैङ्गिक समानताका विषयमा अन्तरक्रिया गर्दै दिवस मनाएको हो ।
‘ब्रेक द बायस’ भन्ने नारालाई आत्मसात गर्दै लैङ्गिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त, समतामूलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा केन्द्रित थियो ।
कार्यक्रममा विजिनेस हेड वर्षा श्रेष्ठ, नेपाली बैङ्किङ क्षेत्रकै पहिलो महिला महाप्रबन्धक उपासना पौडेल र युनाइटेड इन्स्योरेन्सकी सीइओ भावना घिमिरेको उपस्थिति रहेको थियो ।
कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जी, हिन्दुस्तान लिभर लिमिटेडका मानव संशाधन महाप्रबन्धक माथन राजले सम्बोधन गरेका थिए ।
युनिलिभर नेपाल लिमिटेडका कुल कर्मचारीहरूमा श्रम क्षेत्रमा १८ प्रतिशत र प्रशासनिक तहमा २० प्रतिशत महिला कर्मचारीहरू रहेका छन् । युएनएलले सन् २०२५ सम्ममा क्रमशः बढाएर २१ र २५ प्रतिशतमा पु¥याउने लक्ष्य रहेका बताउको छ ।