यासोक । पाँचथरको कुम्मायक गाउँपालिका—१ का अग्नी पीडित ओमबहादुर बुढाथोकीलाई गाउँपालिकाले राहत सहयोग गरेको छ । शुक्रबार गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ र वडा अध्यक्ष देबेन्द्रकुमार लावतीले टोलिले पीडित परिवारलाई राहत सहयोग गरेको हो ।

गाउँपालिकाले विपत व्यवस्थापन राहत कोषबाट नगद २५ हजार सहयोग गरेको छ । वडा कार्यालय यासोकले पनि ६ प्याकेट चामल बितरण गरेको थियो । त्यस्तै नेपाल रेक्र्रस शाखा यासोकले त्रिपाल, लत्ताकपडा बितरण गरेको छ ।

बिहिवार दिउसो घरमूनीको बनमा आगो लाग्दा बुढाथोकीको घर सहित दुई वटा ग्वाली जलेर नष्ट भएको थियो । आगलागीबाट १ लाख ५० हजार नगद सहित २ तोला सुन, ४ तोला चाँदी अन्नपात, लत्ताकपडा र भाडाबर्तन जलेर नष्ट भएको प्रहरीले जनाएको छ । 

अगलागीबाट भएको क्षतिको बिवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय यासोकले जनाएको छ । गत महिना पनि यासोक बजारका स्थानीय झरेन्द्र खतिवडाको घरमा आगलागी हुदा १ करोड ९० लाख रुपैयाँको क्षति भएको थियो ।