यासोक / पाँचथरको कुम्मायक गाउँपालिकाले ठुलो संख्यामा जेष्ठ नागरिक सम्मान गरेको छ । गाउँपालिकाले ७५ वर्ष माथीका ४ सय ९७ जना जेष्ठ नागरिक सम्मान गरेको हो । चालु आर्थिक वर्ष २०७८—०७९ को ५ लाख रकमबाट जेष्ठ नागरिकलाई सिरक बितरण गरी सम्मान गरेको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले जनाए ।
गाउँपालिकाले क्रमश: १ नम्बर वडा यासोकमा १ सय ४१ जना, २ नं. वडा माङजाबुङका ८२ जना, ३ का ८४ जना त्यस्तै ४ नं. वडा रानीगाउका ९० र ५ नं. वडा स्याबरुम्बाका ९७ गरी ४ सय ९७ जनालाई सम्मान गरेको हो ।
वर्षेनी पालिकाले जेष्ठ नागरिक सम्मान कार्यक्रम मार्फत औषधी उपचार, फलफुल र लत्ताकपडा बितरण गरी सम्मान गर्दै आएको छ । यो वर्ष हाल सम्मकै ठुलो संख्यामा जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरर्गत सिरक बितरण गरेको कार्यालयले जनाएको छ ।