विराटनगर । इन्डो–नेपाल टि–२० ‘मिल्स कप क्रिकेट’ प्रतियोगितामा एमसिसी ‘ए’ क्रिकेट क्बल विराटनगर सेमिफाइनलमा पुगेको छ । 

मिल्स क्रिकेट क्लव एण्ड एकेडेमीको आयोजनामा विराटनगरस्थित जुटको खेल मैदानमा बिहीबार भएको खेलमा होराइजन क्रिकेट क्बल विराटनगरलाई दुई विकेटले हराउँदै एमसिसी ‘ए’ सेमिफाइनलमा पुगेको हो । 

जितसँगै पहिलो सेमिफाइनल खेलमा एमसिसी ‘ए’ ले शुक्रबार पूर्वाञ्चल क्रिकेट क्बलसँग प्रतिस्पर्धा गर्नेछ । टस जितेर ब्याटिङ गरेको होराइजनले १७ दशमलप ५ ओभरमा सबै विकेट गुमाउँदै १२८ रनको योगफल खडा गरेको थियो । जसमा होराइजनका मिनास थापाले ३२ बलमा ५१ रन बनाए र चिराग साहले २४ बलमा २० रन जोडे । राष्ट्रिय खेलाडी होराइजनका दिपेश कन्डेलले ४ विकेट र फिरदोस अन्सारीले २ विकेट लिए ।

१२९ रनको बिजय लक्ष्य पछ्याएको एमसिसी ‘ए’ ले १६ दशमलप ५ ओभरमा ८ विकेटको क्षतिमा सो लक्ष्य पुरा गरेको थियो । एमसीसी ‘ए’ का निशान्त कुमारले २३ बलमा ४४ रन र हासिम अन्सारीले ३८ बलमा ३८ रन जोडे । म्याद अफ म्याच घोषित भएका एमसीसी ए का हासिमको ब्याटबाट पाँच चौका र एक छक्का निस्केको थियो । 

एमसीसी ए का मल्ली चौधरी, अरनीको यादव, मेभुव आलम र भुलाकन सहनीले समान २/२ विकेट लिए ।