संखुवासभाको मादी नगरपालिका- ६ स्थित ७ घुम्तीमा दुर्घटना  हुँदा १३ जनाको मृत्यु भएको छ भने  दुर्घटनामा ५ जनाको जीवितै उद्धार गरिएको छ ।

संखुवासभाको मादीबाट दमकतर्फ जाँदै गर्दा बा ४ ख ७३५ नम्बरको बस बिहीबार बिहान ७ः३० बजे  सात घुम्तीमा दुर्घटना भएको स्थानीय  बाबुराम कार्कीले जानकारी दिए ।

बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ । थप विवरण आउन बाँकी छ ।