पाँचथर । नेपाल पत्रकार महासंघ शाखा पाँचथरले कृयाशिल पत्रकारहरुको लागि खोज पत्रकारिता तालिम संचालन गरेको छ । पत्रकारको क्षमता विकास गर्ने उदेश्यले फागुन २३ गतेदेखि तालिम संचालन भएको हो ।
तुम्बेवा गाउँपालिकाको आर्थिक सहयोगमा ताप्लेजुङ, तेह्रथुम र पाँचथरका ३५ जना पत्रकारलाई खोजपत्रकारिता तालिम दिएको थियो ।
तीन दिनसम्म सञ्चालन भएको तालिमका सहभागीलाई बिषय बस्तुको पहिचान, खोजमूलक सामाग्रीको अनुसन्धान संकलन लगायतका बिषयमा जानकारी गराईएको थियो ।
तालिमको सहजिकरण खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, महासचिव राम जि दाहाल र वल्ड भ्यु नेपालका प्रमुख केदार शर्माले गरेका थिए । सो अवसरमा सहजकर्ताको टोलिलाई महासंघले मायाँको चिनो प्रदान गरेको थियो ।
तालिमको समापन समारोहका सहभागिहरुलाई प्रमाण पत्र बितरण गरिएको थियो । कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समिति संयोजक बिष्णु प्रसाद सापकोटा, प्रमुख जिल्ला अधिकारी सुरेस न्यौपाने, डियस्पी राकेश थापा, नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष लवदेव ढुङ्गाना लगायतका अथितिहरुले तालिममा शिकेका ज्ञान र सिपलाई प्रयोगमा ल्याउन सुझाव दिएका थिए ।
नेपाल पत्रकार महासंघले क्षमता विकासको तालिम वर्षको रुपमा लिएको जनाएको छ । कार्यक्रम शाखा अध्यक्ष गिरिराज बास्कोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।