पाँचथर । पाँचथर–काठमाडौं सम्पर्क मञ्चको नयाँ कार्य समिति चयन भएको छ । मञ्चले सम्पन्न गरेको बाह्रौ अधिवेशनले दिनेश खतिवडाको अध्यक्षतामा नयाँ कार्यसमित चयन गरेकोे हो । काठमाडौंको धुम्बाराही स्थित स्काइ जोन रेस्ट्रो एन्ड बेङ्केटमा सम्पन्न सम्मेलनले खतिवडाको अध्यक्षतामा ४१ सदस्यीय कमिटी गठन गरेको हो ।

त्यस्तै उपाध्यक्षमा इश्वरा लिङ्देन र अमृत राई, सचीव गणेश तिमल्सिना, उपसचीव टीकादेबी पोखरेल र धनकुमार चेम्जोङ, कोषाध्यक्षमा सजिन राई रहेका छन ।

उक्त सम्मलेन नेकपा (एमाले)का सचिव गोकर्ण विस्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको नव निर्वाचित अध्यक्ष खतिवडाले जनाए । अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य, पाँचथर इन्चार्ज तथा पूर्व मन्त्री वसन्त कुमार नेम्बाङ, केन्द्रीय सदस्य तथा पूर्व मन्त्री डम्बर सिं सम्बाहाम्फे, केन्द्रीय सदस्य पाँचथर सह–इन्चार्ज तथा संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्बाङ, प्रदेश कमिटी सदस्य तथा प्रदेश १ सांसद आशारत्न जबेगु, प्रदेश कमिटी सदस्य लगायतका अतिथी बक्ताहरुले निर्वाचित पदाधिकारीहरुलाई शुभकामना व्यक्त गरेका थिए ।  कार्यक्रम भीम सम्बाहाम्फेको अध्यक्षतामा सम्पन्न भएको थियो ।