पाँचथर—पाँचथरको कुम्मायक गाउँपालिकाका अग्नी पीडितलाई प्रवासी नेपालीलहरुले सहयोग गरेका छन । गाउँपालिका केन्द्र यासोक बजारका अग्नी पीडित झरेन्द्र खतिवडालाई कतारका प्रवासी नौं जना युवाहरुले आर्थिक सहयोग गरेका हुन । कुम्मायक घर भई हाल कतारमा श्रम गर्दै आएका उनिहरुले ३४ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन । 

गत माघ २९ गते भएको आगलागीका कारण खतिवडाको पसल सहित तीन तले घर जलेर नष्ट भएको थियो । सोही घरमा व्यवसाय गर्दै आएका अन्य चार पसल जलेर नष्ट भएको थियो ।

तर सबै भन्दा बढी क्षति भएको भन्दै खतिवडालाई मात्र आर्थिक सहयोग गरेको कतारमा श्रम गर्दै आएका जितेन भण्डारीले बताए । अग्नी पीडित परिवारलाई यस अघि बिभिन्न संघ सस्था र दाताहरुले सहयोग गरेका थिए ।