सुनसरी । धरान उपमहानगरपालिका १५ कृष्णापथमा करेन्ट लागि १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पुष्पाञ्जली मार्गका ३५ बर्षीय मौसम प्रधान रहेका छन् ।
आइतबार बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागि छतबाट भुइँमा लडी घाइते भएका उनको उपचारको लागि घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको जनाएको छ ।