मोरङको जहदा गाउँपालिकामा डुबेर एक  किशाेरकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा जहदा गाउँपालिकाका ४ का शम्भु यादवको छोरा १८ बर्षीय उपेन्द्र यादव रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

कार्यालयका अनुसार  स्थानिय  लोहन्द्रा खोलामा  आज दिउसो २ बजे माछा मार्न गएका उपेन्द्रलाई खाेलामा डुबेकाे अवस्थामा स्थानियले देखेपछि उपचारका लागी कोशी अस्पताल लगिएको थियाे ।  उनकाे उपचारको क्रममा ३ बजे मृत्यु भएकाे कार्यालयले जनाएकाे छ । 

 घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।