भद्रपुर । भद्रपुर-१० स्थित चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिको १९ औं साधारण सभा शनिबार सम्पन्न गरिएको छ ।

समितिका अध्यक्ष पुरूषोत्तम अधिकारीको अध्यक्षता तथा सङ्घीय खानेपानी तथा ढल निकास आयोजना प्रदेश १ का प्रमुख चोकप्रसाद धितालको प्रमुख आतिथ्यमा परिषद् भेलामार्फत् साधारण सभा सम्पन्न गरिएको हो ।

अध्यक्ष अधिकारीले वार्षिक साङ्गठनिक प्रतिवेदन प्रस्तुत गर्दै समितिले एक करोड ७७ लाख २५ हजार ३ सय ६४ रूपैयाँ वार्षिक आय तथा १ करोड ४५ लाख ६८ हजार ९ सय ३२ खर्च सहित ३१ लाख ५६ हजार ४ सय ३२ रुपैयाँ  सञ्चित विवरण प्रस्तुत गरेका थिए ।

उपाध्यक्ष रेखा अधिकारीले स्वागत गरेको कार्यक्रममा नेपाली काँङ्ग्रेस झापा क्षेत्र नम्वर ३ का सभापति गणेश पोखरेल, नेकपा एमालेका जिल्ला उपसचिव असारू राजवंशी, माओवादी भद्रपुर नगर इन्चार्ज नरेश सञ्जेल, भद्रपुर ७ का वडाध्यक्ष विनोदप्रसाद पोखरेल, ८ का वडाध्यक्ष गौरव सुब्बा (मनोज), १० का वडाध्यक्ष टेकबहादुर खड्का (काजी), संस्थापक अध्यक्ष लेखनाथ निरौला, पूर्व अध्यक्ष अम्बरबहादुर कार्की, चन्द्रगढी दोश्रो खानेपानी समितिका अध्यक्ष चुडामणि मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सचिव बाबुराम कार्कीले सञ्चालन गरेको कार्यक्रममा कोषाध्यक्ष राजन आचार्यले आर्थिक विवरण पेश गरेका थिए ।