शनिबार सम्पन्न १० औं धरान रन नेवा च्यारिटी १० किमीका खुल्ला पुरुष र महिला तर्फ क्रमशः दुर्गाबहादुर बुढा र  पुष्पा भण्डारी प्रथम भएका छन् ।  जुम्लाको कर्णाली स्पोर्टस् क्लबबाट सहभागी  भारतीय सेनामा कार्यरत बुढाले  ३१ मिनेट ३ सेकेण्डमा दौड पुरा गर्दै विजेता बनेका हुन् ।  ३१ मिने ४ सेकेण्डमा दौड पुरा गरेका  बाग्लुङका अनिश थापा,  ३१ मिनेट २० सेकेण्डमा दौड पुरा  गरेका काठमाण्डौंका मुकेश पल क्रमशः देस्राे र तेस्राे भएका छन् । 

महिला तर्फकी बिजेता  एपिएफकी खेलाडी भण्डारीले ३५ मिनेट २६ सेकेण्डमा दुरी पार गरेकी थिन् भने ३८ मिनेट ४० सेकेण्डमा दुरी पार गरी एपिएफकै फुलमति राना दाेस्राे भइन् । तेस्रो भएकी हनाह करासले ४१ मिनेट १४ सेकेण्डमा दौड पुरा गरेकी थिइन् । 

खुल्ला तर्फका महिला र पुरुष दुवैका प्रथम, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः नगद ६० हजार, ५० हजार र ३० हजार नगदसँगै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरीएकाे थियाे । 


समुहगत तर्फ अण्डर १६ उमेर समुहमा पुरुषतर्फ प्रशान्त तामाङ प्रथम, रोधन राई दोस्रो र सरोज सिंह तेस्रो भए भने महिलातर्फ पेमा तामाङ प्रथम, कुशुम राई दोस्रो र जस्मिता राई तेस्रो भएका छन् । 

अण्डर १२ उमेर समुहमा पुरुषतर्फ सविन चेम्जोङ प्रथम, ज्वाला राई दोस्रो र तयाहाङ राई तेस्रो भए भने महिलातर्फ इशिका थापा मगर प्रथम, युमिना राई दोस्रो र अञ्जली राई तेस्रो भएका छन् ।  दुबै उमेस समुहका  प्रथम, दोस्रो र तेस्रो विजेताहरुलाई क्रमश नगद ७ हजार, ५ हजार र ३ हजारसहित मेडल, प्रमाणपत्र प्रदान गरिएको थियो ।