विराटनगर । प्रथम ‘इक्युवालिटि कप महिला क्रिकेट’ प्रतियोगिता हुने भएको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर क्रिकेट प्रतियोगिता हुन लागेको हो । 

नेपाल क्रिकेट फाउण्डेसनको आयोजना र मोरङ क्रिकेट संघको प्राविधि सहयोगमा फागुन  २१ देखि २४ गतेसम्म विराटनगर १९ मा रहेको वैजनाथपुर क्रिकेट मैदान प्रतियोगिता सञ्चालन गर्ने शुक्रबार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ ।

प्रतियोगितामा प्रदेश १ को झापा, मोरङ, सुनसरी र मधेश प्रदेशबाट सप्तरीसहित ४ जिल्लाका महिला खेलाडीहरुले भाग लिने फाउण्डेसनका कार्यकारी निर्देशक अभिषेक श्रेष्ठले बताए  । लिगको आधारमा खेल हुनेछ । खेल  टि–२० फर्माटमा खेलाइने छ । ४ दिन सम्म सञ्चालन हुने प्रतियोगिता सम्पन्न गर्न करिव ५ लाख ५० हजार खर्च हुने आयोजकले जनाएको छ ।  बिजेता र उपबिजेताले आकर्षण ट्रफि र मेडल प्राप्त गर्नेछन् ।