भद्रपुर । धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले एक करोड ५० लाखको लागतमा काली मन्दिरको पुनःनिर्माण गरिएको छ । झापाको भद्रपुर नगरपालिका-१० स्थित चन्द्रगढीमा पुनःनिर्माण गरिएको मन्दिरको शनिबार उद्घाटन गरिएको हो । 

भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठले मन्दिरको उद्घाटन गरेका थिए । मन्दिर निर्माणका लागि भद्रपुर नगरपालिकाले २७ लाख र विभिन्न दाताले आर्थिक सहयोग गरेको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष रमेशकुमार पराजुलीले बताए । 

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भीम पौडेलको अध्यक्षतामा तथा नगर प्रमुख जीवन कुमार श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधाका व्यत्तिहरुको उपस्थिती रहेको थियो । 

वि.सं २०२१ मा बाँसको टाटीबेरा गरी स्थापित काली मन्दिर २०२७ सालमा थप व्यवस्थित गरिएको र अहिले मोरङको रङ्गेलीमा रहेको काली मन्दिरजस्तै भव्य बनाइएको समितिका अध्यक्ष पौडेलले बताए ।

साना मूर्ति भारतको सिलिगुडीबाट खरिद गरेर ल्याइएको उनले बताए । सात लाख रुपैयाँको लागतमा मूर्ति खरिद गरेर ल्याइएको मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मोहन कुमाइले जानकारी दिए ।

समितिका सदस्य मुरारी खरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सदस्य यसोदा कोइरालाले गरेकी थिइन् ।

mandir-udghatan