विराटनगर  । सुनसरीको धरान उपमहानगरपालिका–३ घर भई भक्तपुरमा बसेर जग्गाको कारोबार गर्दै आएका ४९ वर्षीय व्यवसायी राजेन्द्रकुमार श्रेष्ठको हत्या भएपछि शव भेटिएको २९ दिन अगाडि परिवारसँग म्यासेजमा अन्तिमपटक कुराकानी भएको खुलेको छ । उनले एनसेलको नम्बरबाट पत्नीलाई ४ पुसमा अन्तिम पटक म्यासेज गरेको खुलेको हो ।

उनी २८ मब्सिरमा भक्तपुरदेखि परिवारलाई व्यवहार मिलाएर फर्किन्छु भनेर उनका साथीहरू मोहन लिम्बू र चौधरी थर भएका साथीहरूसँग पूर्व आएका थिए । श्रेष्ठसहित तीन जना

साथीहरू कार रिजर्भ गरेर पूर्व आएको खुलेको छ । पूर्व आएको ६ दिनपछि उनले पत्नीलाई ।अहिले लफडा भयो । पछि कल गर्छु’ भनेको सन्देश एनसेलको नम्बरबाट पत्नीलाई म्यासेज पठाएको देखिएको छ’ घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले भने, । त्यसपछि परिवारसँग राजेन्द्रको फोन सम्पर्क भएको देखिएको छैन ।’ पहिला पनि उनी जग्गाको कारोबार गर्ने भएको कारणले २० दिनदेखि महिना दिनसम्म बाहिर रहने र घर फर्किने भएकोले कारणले पूर्व हिँडेका राजेन्द्र यसपटक पनि घर आइहाल्ने ठानेर परिवारले प्रहरीमा खबर नगरेको परिवारका सदस्यले बताएका छन् ।

बिहीबार श्रेष्ठको शव मोरबको धनपालथान गाउँपालिका– ७ बोर्डिबटोलस्थित उखुबारीमा ७ फिट गहिरो खाल्डो खनेर गाडेको अवस्थामा भेटिएको थियो । हत्या गरेपछि खाडल खनेर गाडेको अवस्थामा राजेन्द्रसहित अर्का एकजना पुरुषको शव बुधबार फेला परेको थियो । प्रहरीले श्रेष्ठको साथबाट एनटिसीको सिमकार्ड, पर्स र सवारी चालक प्रमाण–पत्र पनि फेला पारेकोले सहज रूपमा खनाखत भएको थियो । श्रेष्ठको शव भेटिएको ठाउँबाट करिब ३० मिटर पूर्वकै उखुबारीमा अर्का एक पुरुषको शव उस्तै प्रकृतिमा फेला परेपनि शुक्रबारसम्म खनाखत हुन नसकेको मोरब प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए ।

बुधबार दिउँसो उखु काट्न गएका किसानले भर्खरै खनिएको जस्तो लाग्ने खाल्डो र त्यसमा लत्पतिएको रगत देखेपछि उखुधनी दिलिपप्रसाद सिंहलाई खबर गरेका थिए । उनले प्रहरीमा फोन गरेर त्यसबारे जानकारी गराएका थिए । खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय, मोरबबाटपुगेको टोलीले खाल्डो उत्खनन् गर्दा बुधबार राति अन्दाजी ३० वर्षीय पुरुषको शव फेलापा¥यो । जिल्ला प्रहरी कार्यालय मोरबका प्रमुख एसपी जिसी आफै घटनाको अनुसन्धानमा खटिएका छन् । ३० मिटरको दूरीमा खाल्डो खनेर छुट्टाछुट्टै दुईवटा खाडलबाट उत्खनन् गर्दा दुई जना पुरुषको शव भेटियो । एक जनाको पहिचान भएर सनाखत भयो । अर्कोको पहिचान गर्ने काम भइरहेको छ’–

एसपी जिसीले भने । हत्यापछि शव लुकाउन उखुबारीमा खाडल खनेर शवसँगै नुन पनि हालेको पाइएको छ । दुवै शव गाडिएको खाल्डोको प्रकृति र शव राख्ने तरिका एउटै खालकोछ । दुवै शवको घाँटीमा डोरीले बाँधेकोजस्तो डाम देखिन्छ । शव छिटो सडोस् भन्नका लागि नुन हालेको देखिन्छ’–घटनाको अनुसन्धान गर्दै आएका एक प्रहरी अधिकारीले भने ।

हत्याको कारण आर्थिक लेनदेन हुनसक्ने

जग्गाको कारोबार गर्दै आएका व्यवसायी श्रेष्ठले साथीहरूसँग झापामा १८ बिघा क्षेत्रफलमा प्लटिब गर्दै आएका थिए । सोही व्यवहार मिलाउने उद्देश्यले  उनीसहितका साथीहरू मब्सिर  अन्तिम साता पूर्व आएको खुलेको   छ ।पूर्व आएको एक साता पनि  नबित्दै लफडा भयो भन्दै पत्नीलाई  म्यासेज पठाउनुले आर्थिक लेनदेनमा  हिसाब नमिलेर पनि घटना भएको  हुनसक्ने देखिन्छ ।

यो पाटोसँगै सबै कोणबाट सूक्ष्म तरिकाले अनुसन्धान सुरु गरेका छौं’–अनुसन्धानमा  संलग्न प्रहरी अधिकारीले भने ।  घटनाको अनुसन्धान गर्दै आएका  प्रहरीले लेनदेनको विषयमा कुरा  नमिल्दा उनको अपहरणपछि हत्या भएको हुनसक्ने पनि दाबी गरेका छन् ।यद्यपि यो प्रारम्भिक अनुमान हो, विस्तृत अनुसन्धानपछि मात्रै सबै कुरा खुल्नेछ’–ती प्रहरी अधिकारीले भने । स्रोतका अनुसार अहिले प्रहरीले श्रेष्ठको मोबाइलको प्राविधिक अनुसन्धान थालेको छ । प्रहरीले उनको कल डिटेल रेकर्ड (सीडीआर) मगाएको छ भने बीटीएस टावरका आधारमा घटनास्थल वरपर सक्रिय मोबाइलहरूको विवरण पनि मगाएको छ ।

प्राविधिक पक्षको विश्लेषणबाट पनि महŒवपूर्ण सुराक आउने अपेक्षा छ’ अनुसन्धान अधिकृतहरू भन्छन्, । मृत्युको विस्तृत कारण चाहिँ पोष्टमार्टमको प्रतिवेदनबाट खुल्ला ।’

‘बुबाको खुट्टामा टाँचा लगाएको  देखेपछि पहिचान गर्यौं

हत्यापछि उखुबारीमा खाल्डो खनेर गाडेको अवस्थामा फेला परेको शव राजेन्द्र श्रेष्ठका परिवारले शुक्रबार सनाखत गरेपछि दाहसंस्कार गरेका छन् । शवको सनाखत गरेपछि आफ्नो संस्कार अनुसार विराटनगरको  हाटखोलामा शनिबार अन्तिम संस्कार गरेका हुन् ।

बिहीबार भेटिएको शवसँगै कागजपत्रबाट पहिचान खुले पनि खाल्डोबाट निकालिएको श्रेष्ठको अनुहार नचिनिने अवस्थामा थियो । शवसँगै नुन पनि हालेका कारण अनुहार नचिनिने

अवस्थामा थियो । तर, प्रहरीले श्रेष्ठको साथबाट सवारी चालक अनुमति–पत्र फेला पारेपछि उनका आफन्तलाई जानकारी गराएको थियो । शुक्रबार काठमाडौंबाट श्रेष्ठका परिवार विराटनगर आएका थिए । कोसी अस्पतालमा पोष्टमार्टम गर्नका लागि राखिएको बाबुको दाहिने खुट्टामा टाँचा लगाएको थियो । कुकुरले टोकेपछि बाबुको खुट्टामा टाँचा लगाइएको थियो । सोही टाँचाको दागसँगै बाबुले लगाएको जुत्ता, टोपी र दाँत हेरेपछि बाबु नै भएको पहिचान भयो’ कान्छा छोराले भने, । बाबुकै शव भएको पहिचान भएपछि सनाखत गरेर अन्तिम संस्कार गरेका छौं ।’

कडा कारबाहीको माग

व्यवसायी श्रेष्ठको हत्या गरेपछि उखुबारीमा खाल्डो खनेर हत्या गर्ने घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही हुनुपर्ने माग राखेका छन् । मृतकका आफन्तहरूले प्रहरी

प्रशासनले घटनाको सत्य–तथ्य बाहिर ल्याएर अपराधी सार्वजनिक गर्नुको साथै घटनामा संलग्नलाई कडाभन्दा कडा कारबाहीको माग राखेका छन् । मृतक श्रेष्ठका पत्नी, २ छोरा र एक छोरी रहेका छन् ।